शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताबाट समाधान गर्नुपर्नेमा कांग्रेसको जोड

शुक्रबार, १६ फागुन २०८१, १९ : ०५
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले नो केबलकार भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए ।

त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका विषयमा छलफल भएको उनले बताए । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए । 

त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भातृसंस्थालाई बलियो उपस्थिति गराउने विषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?