शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्छ : उपप्रमुख डंगोल

शुक्रबार, १६ फागुन २०८१, १८ : ४८
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन् । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको काठमाडौँ शैक्षिक मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उपप्रमुख डंगोलले विद्यार्थीलाई किताबको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताइन् । उनले महानगरले सुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको बताइन् । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘गरी खाने शिक्षा, महानगरको इच्छा । यस्तो शिक्षा हुनुपर्छ जसले गर्दा विद्यार्थीहरू भोलि आफैँले कमाइ खान सक्ने खालको गरी खानसक्ने शिक्षा हुनुपर्छ भनेर स्कुलमा हामीले स्कुलमा ‘स्किल एन एजुकेसन’को थालनी गर्‍यौँ । किताबी ज्ञानले मात्र अपुग छ, किताबी ज्ञान सँगसँगै जीवन उपयोगी सीपहरू पनि चाहिन्छ  भन्ने कुरा अहिले हामीले बोलिरहनु भन्दा पनि अघिदेखि सकेको छ ।’

उपप्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताइन् । विद्यार्थीले आफूले सीप सिकेर अरू दश जनालाई सीप सिक्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिइन् । काठमाडौँ शैक्षिक मेला शनिबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?