बीमा अभिकर्ताले पाउने कमिसनमा परिमार्जन, अब कति पाउँछन् ?

काठमाडौँ । बीमा गराएबापत बीमा अभिकर्ताले पाउने कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो ।
नयाँ नियमावली अनुसार २० वर्ष वा सोभन्दा धेरै अवधिको सावधिक तथा आजीवन जीवन बीमामा पहिलो र दोस्रो वर्ष २५/२५ प्रतिशत र तेस्रो वर्षदेखि दसौँ वर्षसम्म ५/५ प्रतिशतका दरले कमिसन पाउनसक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, १५ देखि १९ वर्ष अवधिको बीमाका लागि पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र तेस्रो वर्षदेखि १० वर्षसम्मका लागि ५/५ प्रतिशतको दर कायम गरिएको छ । यसअघिको नियमावलीमा पनि यही दर कायम थियो ।
त्यस्तै, १० देखि १४ वर्ष अवधिको बीमा लेखका लागि पहिलो र दोस्रो वर्ष १५/१५ प्रतिशत र तेस्रो वर्षदेखि ५ प्रतिशतका दरले दश वर्षसम्म कमिसन पाउने व्यवस्था गरिएको छ । यो अवधिको बीमा लेखमा यसअघि पनि यस्तै व्यवस्था थियो ।
यस अनुसार ८ देखि ९ वर्षसम्मको बीमा लेखका लागि पहिलो र दोस्रो वर्ष १०/१० प्रतिशत र तेस्रो वर्षदेखि अवधि नसकिएसम्मका लागि ५ प्रतिशतका दरले कमिसनको व्यवस्था गरिएको छ ।
त्यसबाहके ५ देखि ७ वर्ष अवधिको बीमा लागि पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्षदेखि अवधि नसकिएसम्म ५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ ।
एकल बीमा शुल्कका हकमा बीमा शुल्कको ६ प्रतिशतसम्म, म्यादी जीवन बीमाका हकमा बीमा शुल्कको १० प्रतिशतसम्म र अन्य बीमाका हकमा प्राधिकरणले तोके बमोजिमको कमिसन दर लागु हुने उल्लेख गरिएको छ ।
यसअघि सावधिक र आजीवन जीवन बीमाका हकमा छुट्टाछुट्टै कमिसन दर निर्धारण गरिएको थियो । त्यस्तै, प्रत्येक प्रकारको बीमा लेखका लागि नाफामा सरिक हुने र नहुनेका हकमा छुट्टाछुट्टै दर कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा