शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

नेपाली मह पुग्छ युरोप, अमेरिका

शुक्रबार, १६ फागुन २०८१, १८ : २९
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । नपाली मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

सो रकम बराबर ४ हजार ८२० किलो निर्यात भएको छ । 

जापानमा १३० किलो मह निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ नेपाललाई प्राप्त भएको छ । यस्तै, १ करोड ८० लाख १२ हजार रुपैयाँको ३ हजार ४ किलो मह अमेरिकामा निर्यात भएको छ । 

यस्तै, अष्ट्रेलिया, हङकङ लगायत मुलुकमा १ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको १ हजार ७८६ किलो मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?