सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य निर्विरोध

बुटवल । रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघमा नयाँ कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । आगामी फागुन २४ गते शनिबार हुने संघको निर्वाचनका लागि शुक्रबार भएको मनोनयन दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित अधिकांश निर्विरोध भएको निर्वाचन मण्डलले जनाएको छ ।
उपाध्यक्ष वाणिज्य र सह–कोषाध्यक्षबाहेक पदाधिकारीतर्फका अन्य पद निर्विरोध रूपमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडलेले जानकारी दिए ।
अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलीप प्रसाद कान्दु, उपाध्यक्ष कर्पोरेटमा रोहित कुमार अग्रवाल र उपाध्यक्ष उद्योगमा गोविन्द ज्ञवाली निर्विरोध रूपमा निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मङ्गल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।उपाध्यक्ष (वाणिज्य)मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दीपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा सञ्जय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह