पोखरा पर्यटनको राजधानी भनेर सरकारले निर्णय गरेको छैन : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न नेपाल सरकारले निर्णय नगरेको बताएका छन् । पोखरामा भएको लिटरेचर फेस्टिभलमा बोल्दै उनले हल्लैहल्लाले पोखरालाई पर्यटनको राजधानी भनिएको प्रतिक्रिया दिएका हुन् ।
‘पोखरा टुरिजम क्यापिटल अफ नेपाल भनेको छ । आजसम्म नेपाल सरकारले निर्णय गरेको छैन,’ उनले भने, ‘हल्लैहल्लाको देश भनेर पढेकै हो । यो पनि सरकारको क्याबिनेटले गर्नुपर्यो नि ।’ आधिकारिक निर्णयका लागि एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ ।
‘क्याबिनेटले आधिकारिक निर्णय गर्नुपर्छ । त्यो काममा हामी सबै लाग्नुपर्छ,’ उनी भन्छन्, ‘जे होस् हामी सबैले मानेकै छौँ । यस्ता धेरै चिजहरूको यहाँ छलफल होस् ।’
गत वर्ष चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भव्य समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका थिए । त्यसको आयोजक गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई