शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण

शुक्रबार, १६ फागुन २०८१, १६ : ५८
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । पूर्व राजदूत विजयकान्त कर्णले नेपालमा सबैभन्दा धेरै भूमिहीन मधेसी दलित, थारु र मुस्लिम रहेको बताएका छन् । कर्णले मधेसी, दलित तथा भूमिहीनलाई जग्गा वितरण गर्न राज्यले विभिन्न उल्झनमा फसाउने गरेको बताए । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघले शुक्रवार भूमि सम्बन्धी अध्यादेशबारे आयोजना गरेको बृहत् अन्तरक्रियामा उनले नेपाल सरकारसँग प्रशस्त जग्गा भएको र ती जग्गा कसरी बेच्ने भन्नेमै अध्यादेश  केन्द्रित भएको आरोप लगाए । उनले अध्यादेश बिचौलियाहरूका लागि ल्याइएको समेत दाबी गरे । 

‘यो अध्यादेशमा जग्गाका बिचौलियाहरू लागेका छन्, उनीहरूका लागि यो भूमि सम्बन्धी अध्यादेश ल्याइएको छ’, उनले दाबी गरे, ‘थुप्रै ठाउँमा थुप्रै जग्गा छन् ।  ती आआफ्ना व्यक्ति तथा बिचौलियाहरूलाई वितरण गर्न यो अध्यादेश ल्याइएको छ ।’ उनले विगतदेखि नै भूमि आयोग र पुनर्वास कम्पनीहरू बनाइए पनि ती सबै दलका आधारमा बनेको र ती आयोगहरूले आआफ्नो पार्टीका कार्यकर्तालाई मात्र जग्गा वितरण गरेको बताए । 

अहिलेको भूमि सम्बन्धी अध्यादेशले राजनीतिक रूपमा दुरुपयोग हुने सम्भावना उत्तिकै रहेको उनको भनाइ थियो ।  राजदरबारको जग्गा बेच्न, गिरीबन्धुको जग्गा बेच्न यो अध्यादेश ल्याएको दाबी गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप