शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’

शुक्रबार, १६ फागुन २०८१, १६ : ४९
शुक्रबार, १६ फागुन २०८१

कैलाली ।  ‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानबाट आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् ।
  
मानवीय सेवामा समर्पित भएर थालिएको यो अभियान बैतडीको शाहीलेक बजारमा झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकमार्फत कार्यान्वयन भइरहेको छ । 

बैतडीकै मेलौली नगरपालिका क्षेत्रमा पनि यसको शाखा सञ्चालनमा छ । हुनेखाने सम्पन्न व्यक्ति÷संस्थाले सित्तैमा बैंकलाई ओड्ने ओछ्याउने र लगाउने लुगा उपलब्ध गराइरहेका छन् भने नहुने विपन्न व्यक्तिले बैंकमार्फत निःशुल्क लुगा पाइरहेका छन् । 

मेलौली नगरपालिकास्थित धर्मघर माध्यमिक विद्यालयका शिक्षक लोकराज जोशीले कपडा बैंकले विद्यालयका गरिब एवं विपन्न व्यक्तिका छात्रछात्रा र गाउँका असहाय विपन्न व्यक्तिलाई निःशुल्क ओड्ने, ओछ्याउने, लगाउने लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको बताए । 
 
    स्थानीय गोपालदत्त भट्टले गरिब, दिनदुःखीको सेवाका लागि खोलिएको कपडा बैंक मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए । 
 
कपडा बैंक सञ्चालक महेशदत्त भट्टले झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकबाट यो अवधिमा गरिब एवं अतिविपन्न नौ सय ७८ परिवारका व्यक्तिलाई कपडा निःशुल्क उपलब्ध गराइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप