शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे

शुक्रबार, १६ फागुन २०८१, १६ : ४४
शुक्रबार, १६ फागुन २०८१

नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यको चमोलीस्थित माणामा हिमस्खलन भएको छ । शुक्रबार हिमस्खलन हुँदा सडक निर्माणमा कार्यरत ५७ मजदुर फसेकोमा १६ जनाको उद्धार गरिएको छ । 

४१ मजदुर हिमस्खलनमा फसेको अधिकारीहरूको भनाइ छ । उद्धार गरिएका मजदुरलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल पठाइएको छ ।  चमोलीका जिल्लाधिकारी सन्दीप तिवारीले माणा गाउँ र माणा पासको बिचमा हिमस्खलन भएको सूचना प्राप्त भएको जानकारी दिए ।

उनले भने, ‘सेनाको आवतजावतका लागि सडक मार्गका हिउँ हटाउन खटिएका मजदुर घटनास्थल नजिकै भएको जानकारी पाएका छौँ ।’

घटनास्थलमा उद्धार टोली परिचालन गरिएको उनले जानकारी दिए ।सो क्षेत्रमा वर्षा र हिमपात भएको बताइएको छ । त्यसैले उद्धारमा हेलिकोप्टर प्रयोग गर्न नसकिएको अधिकारीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप