अध्यादेशको अन्तर्वस्तु एउटा, ओलीको नियत अर्को : माधव नेपाल

काठमाडौँ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले भूमि सम्बन्धी अध्यादेशको अन्तर्वस्तु एउटा भएको र नियत अर्को रहेको बताएका छन् । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेशको अन्तर्वस्तु पनि ठिक नरहेको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कार्य गरेको बताए ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दा गौरव महसुस गरेको बताउँदै उनले कुनै पनि विषयमा कसैसँग छलफल नगरेको टिप्पणी गरे ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेसाकर्मी महासङ्घले शुक्रवार भूमि सम्बन्धी अध्यादेशबारे आयोजना गरेको बृहत् अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्री ओलीले दुई पटक संसद् भङ्ग गरेको र अदालतले रोकेको स्मरण गराउँदै यस्तो पृष्ठभूमिका प्रधानमन्त्रीले राम्रो काम गरेको होला भन्ने कुरामा आशङ्का गर्ने ठाउँ रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री ओली शङ्काको घेरामा रहनुभएको छ ।’
संसद्को समितिमा कुनै विधेयक विचाराधीन रहेको अवस्थामा त्यसलाई अध्यादेशको रूपमा ल्याउन नमिल्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री अोलीले त्यो विधि पनि उल्लङ्घन गरेको बताए । संसद्को अधिवेशनका बेलामा संसद्को बैठकलाई समेत टार्दै लगेर अध्यादेश ल्याइएको बताउँदै अध्यक्ष नेपालले आफूहरूले विरोध गरेपछि बाध्य भएर अधिवेशन बोलाएको बताए । यद्यपि त्यसअघि नै अध्यादेश ल्याइएको बताउँदै उनले देशमा भूमि सम्बन्धी समस्यामा वन अतिक्रमण गर्ने काम हुने गरेको बताए ।
नेपालमा कमैया, कमलरी, हलिया, चरुवाको बिजोग रहेको बताउँदै उनले जसको आफ्नो जग्गा जमिन छैन ती सबैको निम्ति राज्यले सोच्नुपर्ने बताए । नेपालले कानुनले सबै अधिकार दिएको तर व्यवहारमा कार्यान्वयनमा नआएको समेत बताए ।
टाउको दुखाइको विषय रहेको बसाइसराइको नाममा वन अतिक्रमण गर्न नमिल्ने बताउँदै उनले जसलाई जग्गा छैन उसलाई जग्गा दिन मिल्ने तर भूमि अतिक्रमण गर्न नमिल्ने बताए । को सुकुम्वासी हो र होइन त्यसको पहिचान गर्नुपर्ने बताउँदै उनले सुकुम्वासी पत्ता लगाएर मात्र भूमि वितरण गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले सुकुम्वासीको तथ्याङ्क सङ्कलन गर्न आग्रह गर्दै पहाडबाट झरेका मान्छे सुकुम्वासी हुन नसक्ने समेत बताए । गरिबीको रेखामुनि रहेकालाई पहिचान गरी भूमिहीनलाई जग्गा दिनुपर्ने समेत उनको भनाइ थियो ।
भ्रष्टाचारी र बिचौलियाहरूका लागि यो अध्यादेश ल्याइएको बताउँदै उपयुक्त तरिका अपनाएर मात्र जग्गा वितरण गर्न सुझाव दिए ।
भूमि तथा वन सम्बन्धी विज्ञ शेखर यादवले वन तथा भूमि सम्बन्धी विभिन्न नारा दिएर राजनीतिक दलहरूले आफ्नो राजनीतिक गरेको टिप्पणी गरे ।
भूमिहीन र दलितको नाममा विभिन्न समयमा आयोगहरू बनाइने गरिएको तर हालसम्म त्यो समस्या किन समाधान भएन भन्दै उनले प्रश्न समेत गरे । सर्लाहीमा भूमिहीनलाई घर बनाएर नै वितरण गरिएको बताउँदै उनले ती भूमिहीनहरू कहिल्यै त्यो घरमा बस्न नपाएको गुनासो गरे ।
आ–आफ्ना पार्टीका कार्यकर्तालाई जग्गा बाँड्नका लागि यो अध्यादेश ल्याएको दाबी गर्दै उनले अध्यादेशका कारण चुरे वन समाप्त हुनसक्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउन ताकमा देशलाई नडुबाउनू
-
डिजेल र मट्टितेलको मूल्य घट्यो
-
लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा बसका सहचालक पक्राउ
-
काठमाडौँ महानगरको 'काठमाडौँ शैक्षिक मेला' सुरु
-
फागुन २१ अघि अध्यादेशमा जसपा र लोसपालाई मनाउन सत्तारुढ दलले प्रयास गर्ने
-
नारायण गोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ : वसन्त चौधरी