शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि...

शुक्रबार, १६ फागुन २०८१, १४ : ५०
शुक्रबार, १६ फागुन २०८१

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।

कैसरगञ्ज थाना क्षेत्र अन्तर्गत देवलखामा एक महिलालाई उनकै पतिले सार्वजनिक स्थलमै नाक टोकिदिएका हुन् । महाशिवरात्रिको अवसरमा निकालिएको र्‍याली हेर्न गएका छोराछोरीलाई खोज्न हिँडेकी महिलालाई बाटोमै पतिले नाक टोकेर घाइते तुल्याएका हुन् ।

सन्दीप नाम गरेका ती व्यक्तिले प्रहरीकै सामु पत्नीको नाक टोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पतिको टोकाइबाट घाइते महिलालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको र आरोपित पतिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पीडित महिलाले दैनिक रूपमा पतिबाट शारीरिक र मानसिक यातना खेप्दै आएको बयान प्रहरीसमक्ष दिएकी छन् ।

प्रहरीले यसबारे गम्भीर अनुसन्धान गरी कडाभन्दा कडा कारबाही हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?