एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ ।
गत मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।
यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउने कम्पनीको भनाइ छ एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।
एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०÷८१ सम्ममा रु. ३२० अर्ब भन्दा बढी राजश्व राज्यलाई योगदान गरेको छ । यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्ब भन्दा बढीका परियोजनाहरु संचालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन आर्मी क्लब केपी ओली कपको फाइनलमा
-
संविधान संशोधनका लागि कार्यदल बनाउने कांग्रेसको निर्णय
-
‘फेरि रेशम फिलिली’लाई सकारात्मक प्रतिक्रिया, हलमा पुगेर दर्शक भेट्दै कलाकार
-
पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताबाट समाधान गर्नुपर्नेमा कांग्रेसको जोड
-
रहेनन् कलाकार चेत बहादुर सिंह ‘राजा’
-
कांग्रेसले महाधिवेशन धकेल्ने प्रयास गर्दा एमाले चाहिँ अघि सार्ने कसरतमा