सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा छिट्टै दिइने

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
वीरगञ्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमण तथा जनताको गुनासो बुझ्न अतिक्रमित गाउँ पुगेका मन्त्री गुप्ताले जग्गाधनीहरूले लामो समयसम्म पनि मुआब्जा पाउन नसक्नु चिन्ताको विषय भएको बताएका हुन्। अतिक्रमित गाउँ पुगेका मन्त्री गुप्तालाई त्यहाँका स्थानीयहरूले फूलमाला र खादाले भव्य स्वागत गर्दै सरकारका जिम्मेवार निकायहरूमा आफूहरूको गुनासो सुनाइदिन आग्रह गरे ।
मुआब्जा पीडित सङ्घर्ष समितिका बिजय कुमार तिवारीले वर्षौँदेखि जग्गा अधिग्रहण गरेर सरकारले पीडितलाई मुआब्जा नदिँदा स्थानियवासी मर्कामा परेको सुनाए। यो समस्यालाई तत्काल सम्बोधनका लागि संसदमा समेत विषय उठान गरिदिन उनले मन्त्री गुप्तालाई आग्रह गरे ।
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकी रहेको मुआब्जासम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिँदै अब जग्गाधनीहरूले छिट्टै मुआब्जा पाउने विश्वास व्यक्त गरेका छद्द्। सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज–२५ को करिब ३०० घरधुरी भएको ६२ बिघा जग्गा सात वर्ष अगाडिदेखि रोक्का गरेर राखेको छ ।
कार्यक्रममा मुआब्जा पीडित सङ्घर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली, सञ्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेललगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ