शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
फोटोफिचर

महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो (तस्बिरहरू)

शुक्रबार, १६ फागुन २०८१, १३ : ४८
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित  साधु सन्तहरुलाई बिदाइ गरेका हुन् ।

पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

sadhu-santa (1)

साधु सन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । नागाबाबा,गोरखनाथ सम्प्रदायका नवनाथ बाबा,वैरागी,सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । वर्गअनुसार दुई सयदेखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठप्रसाद रेग्मीले जानकारी दिए । 

परापूर्वकाल देखिनै महाशिवरात्रि मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाइका क्रममा कोषले साधु सन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।

sadhu-santa (2)sadhu-santa (3)sadhu-santa (4)sadhu-santa (5)sadhu-santa (6)sadhu-santa (7)sadhu-santa (8)sadhu-santa (9)sadhu-santa (10)sadhu-santa (11)sadhu-santa (12)sadhu-santa (13)sadhu-santa (14)sadhu-santa (15)sadhu-santa (16)sadhu-santa (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?