शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

‘लाज शरणम्’को अहिलेसम्मको व्यवसाय कति ?

शुक्रबार, १६ फागुन २०८१, १२ : ५०
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । पहिलो दिन अर्थात बुधबार एक करोड १० लाख व्यवसाय गरेको छ । फिल्मका वितरक मनोज राठीले पहिलो दिनको व्यवसाय सार्वजनिक गर्दै दोस्रो दिनको व्यवसाय आउन बाँकी रहेको बताए ।

दर्शकले फिल्मको सुन्दर कर्णालीको दृश्य बढी मन पराएका छन् । फिल्म रहेको कर्णालीका दुःखले आफ्नो मन छोएका दर्शकले प्रतिक्रिया दिएका छन् । 

लोकप्रिय हास्य टेलीश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । फिल्म कुमार कट्टेलले निर्देशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?