नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीयमा रुष्ट

सर्लाही । सर्लाहीको बलरा नगरपालिका र भारतको बिहार राज्यको सितामढी जिल्लाको मडपा सिरपाल (बसबिट्टा) जोड्ने नेपाल–भारत सीमा दशगजामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको सिरकट्टा देवी मन्दिर भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले भत्काइदिएको छ । बिहीबार दिउँसो नेपाली पक्षलाई कुनै जानकारी नै नदिई यस मन्दिर भत्काइएको हो।
नेपाल र भारतका स्थानीय समुदायहरूको गहिरो आस्था रहेको यो मन्दिर हिन्दु धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण थियो। यहाँ विशेष गरी खिरभोजन, भाकल चढाउने तथा विजयादशमीमा विशेष पूजा गर्ने परम्परा थियो। नेपाल र भारतका नागरिकहरूको साझा धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा यो मन्दिर दुवै देशका मानिसहरूको एकताको प्रतीक पनि थियो।
स्थानीय बासिन्दाहरूका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुनै पूर्वसूचना नदिई एकतर्फी रूपमा मन्दिर भत्काएको हो। यस घटनाप्रति दुवै देशका नागरिकहरूले गहिरो दुःख र आक्रोश व्यक्त गरेका छन्। उनीहरूले यो कार्य धार्मिक तथा सांस्कृतिक आस्थामाथिको ठुलो प्रहार भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको अन्तर्वस्तु एउटा, ओलीको नियत अर्को : माधव नेपाल
-
‘दमन वा हिंसाको मुख्य जननी सत्ता हो भन्ने कुरा कांग्रेस–एमालेले बुझेनन्’
-
रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
-
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेनः परराष्ट्रमन्त्री
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
-
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन