प्रथम महिला न्यायाधीश श्रेष्ठको निधन
शुक्रबार, १६ फागुन २०८१, १२ : १३

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको मृत्यु भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिए ।
‘उहाँ लामो समयदेखि बिरामी भएर उपचारका क्रममा अस्पतालमा हुनुहुन्थ्यो,’ पाण्डेले भने । श्रेष्ठको शुक्रवार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
२०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेर उनी न्याय सेवामा प्रवेश गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी दुई जनाको हत्या
-
साक्षर अभियान सञ्चालन गर्न स्थानीय तहलाई प्रचण्डको आह्वान
-
भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण
-
सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव
-
निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’
-
भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे