शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

देशका यी आठ स्थानको वायु सबैभन्दा बढी प्रदूषित

शुक्रबार, १६ फागुन २०८१, १२ : ०८
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकाका लगायत देशका आठ स्थानका वायु सबैभन्दा बढी प्रदूषित भएको छ । वातावरण विभागको शुक्रवार अपरान्ह ११ः ५५ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाका चार सहित देशका चार स्थानको वायु अस्वस्थ कर पुष्टि भएको हो ।

विभागको रिपार्ट अनुसार उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा र इलामको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११३ देखि १९८ पुगेको छ । 

उपत्यकाको शंखपार्कको एक्यूआई १९०, खुमलटारको एक्यूआई १८६, भैँसेपाटीको एक्यूआई १९८ र भक्तपुरको एक्यूआई १७५ रहेको छ । यस्तै काभ्रेको धुलिखेल एक्यूआई १५३, चितवनको भरतपुर एक्यूआई १७६, मकवानपुरको हेटौँडा एक्यूआई ११३ र इलामको  एक्यूआई १२६ रहेको विभागको तथ्याङ्क छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ ।  एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई  २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्यो भन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?