इटालीलाई विश्वकप चुमाउने गोलरक्षक भन्छन्, ‘नमस्ते सबैजनालाई, म नेपाल आउँदैछु’

काठमाडौँ । इटालीलाई फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि चुमाउन महत्वपूर्ण योगदान गर्ने चर्चित गोलरक्षक जियानलुइगी बुफोन नेपाली समर्थकको नाममा सन्देश जारी गरेका छन् ।
आफ्नो भिडियो सन्देशमा उनले आफू छिट्टै नेपाल आउन लागेको बताएका छन् । उनले सन्देशमा सुरुवाती लाइन नेपालीमै बोलेका छन् । उनले सन्देशको सुरुमा नेपाली भाषमा भनेका छन्, ‘नमस्ते सबैजनालाई ।’
त्यसपछि उनले अंग्रेजीमा बोल्दै आफू केपी ओली कपका लागि नेपाल आउन लागेको बताएका छन् । उनले आफ्नो सन्देशमा भनेका छन्, ‘नमस्ते सबैजनालाई । म जियानलुइगी बुफोन बोल्दैछु । म मार्चको पहिलो साता नेपाल आउँदैछु । केपी ओली कपमा प्रमुख अतिथि बनेर नेपाल आउन लागेको हुँ । त्यतिबेलै हाम्रो भेट होला । बाई ।’
विश्व फुटबलका यी महान गोलरक्षक केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रमुख अतिथि बनेर नेपाल आउन लागेका हुन् । यसअघि, केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले पनि बुफोन नेपाल आउन लागेको जानकारी दिएका थिए ।
गत आइतबार सुरु भएको केपी ओली कपको फाइनल खेल फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । इटालीलाई सन् २००६ मा आयोजित फिफा विश्वकपको उपाधि चुमाउन गोलरक्षक बुफोनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उक्त विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो । यसदेखि वाहेक पनि उनको उत्कृष्ट प्रदर्शनमा इटालीले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनी आफ्नो समयका विश्वकै सर्वाधिक लोकप्रिय गोलरक्षक थिए ।
उनले विश्वका विभिन्न चर्चित क्लबबाट व्यवासायिक फुटबल खेलेका थिए । ४७ वर्षीय बुफोनले पार्मा, युभेन्ट्स, पेरिस सेन्ट जर्मन (पीएसजी)लगायतका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले थुप्रैपटक इटालियन सिरिएको उपाधि पनि जितेका थिए ।
उनी इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गोलरक्षक पनि हुन् । उनले इटालीको राष्ट्रिय टोलीको कप्तानी पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
-
अध्यादेशको अन्तर्वस्तु एउटा, ओलीको नियत अर्को : माधव नेपाल
-
‘दमन वा हिंसाको मुख्य जननी सत्ता हो भन्ने कुरा कांग्रेस–एमालेले बुझेनन्’
-
रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
-
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेनः परराष्ट्रमन्त्री
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने