एकीकृत समाजवादीले आन्दोलन र अधिवेशन सँगसँगै गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आन्दोलन र पार्टीका प्रदेश, जिल्ला र नगर अधिवेशनहरू सँगसँगै अघि बढाउने भएको छ । सो पार्टीका महासचिव घनश्याम भुसाल नेतृत्वको ८ सदस्यीय आन्दोलन कार्ययोजना कार्यदलको पहिलो बैठकले पार्टीको निर्णयअनुसार आन्दोलन र पार्टी कामलाई एकैसाथ अघि बढाउने गरी कार्ययोजना बनाउने विषयमा छलफल सुरु गरेको छ ।
‘महासचिव नेतृत्वको आठ सदस्यीय कार्यदलको बैठक बिहीबार बस्यो’, कार्यदल सदस्य समेत रहेका उपमहासचिव रामकुमार भट्टराईले भने– ‘आन्दोलनका खाकाहरू तयार भएका छन् । त्यसलाई अन्तिम रूप दिन शनिवार अर्को बैठक बस्दैछ ।’
उपमहासचिव भट्टराईका अनुसार २१ गतेसम्म आन्दोलनका कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने तयारी छ । ‘फागुन २१ गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेर सार्वजनिक गर्ने तयारी भएको छ’, भट्टराईले भने, ‘आन्दोलन र प्रदेश, जिल्ला र नगर अधिवेशनहरू पनि सँगसँगै लैजानेगरी कार्यक्रम तय हुन्छन् ।’
भट्टराईले कोशी प्रदेशको अधिवेशन फागुन २४, चैत ८ गते सुदूरपश्चिम प्रदेश,चैत २७ गते मधेस प्रदेशको अधिवेशन तय भएको र त्यही बिचमा जिल्ला र नगर अधिवेशनहरू पनि हुने बताए । स्थानीय माग र स्थानीय नाराहरूलाई समेत आन्दोलनमा समेट्ने तयारी भएको भट्टराईको भनाइ छ ।
बुधवार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयले बैठकले महासचिव भुसालको नेतृत्वमा उपमहासचिवहरू मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, शेरबहादुर कुँवर, स्थायी कमिटी सदस्यहरू विजय पौडेल, रामकुमारी झाँक्री रहेको कार्यदल गठन गरेको थियो ।
फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकले सुशासनको निम्ति, महँगीविरुद्ध, सरकारका गलत निर्णयबारे आन्दोलन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण
-
सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव
-
निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’
-
भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे
-
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
-
अध्यादेशको अन्तर्वस्तु एउटा, ओलीको नियत अर्को : माधव नेपाल