द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान
शुक्रबार, १६ फागुन २०८१, ११ : ३५
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।
द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो सहिद भएको सम्झनामा यहाँका ८६ जना सहिदका परिवारलाई सम्मान गरेको हो । सञ्जालकी अध्यक्ष पार्वती सिग्देलका अनुसार जिल्लामा १०३ जना सहिदका परिवार रहेका भए तापनि सम्पर्कमा आएका ८६ जनाका परिवारलाई सम्मान गरिएका हो ।
जिल्लामा सहिद, बेपत्तालगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिँदै उनले भनिन्, “यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थपिएका छन्, उनीहरूलाई आगामी आर्थिक वर्षलेखि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल