संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक पर्वले सामाजिक सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।
शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, बन्धुत्व एवं सम्मान कायम गरी राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए । ।
बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन् भन्दै उनले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको सन्देशमा उल्लेख गरे ।
शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
-
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन
-
सत्यराज आचार्य अब साहित्यकार ‘सराज’ पनि
-
व्यावसायिक फुटबल खेल्न एन्जिला तुम्बापो ग्रिस प्रस्थान
-
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक