नेपालपछि पाकिस्तानमा पनि गयो भूकम्प
शुक्रबार, १६ फागुन २०८१, ०८ : ५९

काठमाडौँ । नेपालपछि पाकिस्तानमा पनि आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः५७ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्काले मानिसहरू बिहानै उठेका थिए । नेपालमा पनि आज बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पछिल्लो समय भारत, पाकिस्तान र नेपालमा भूकम्पका धक्काहरू आइरहेका छन् ।