शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा एक विषय मौका परीक्षाको आवेदन खुला

शुक्रबार, १६ फागुन २०८१, ०८ : ३८
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले  एक विषय मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ । 

यस परिषद् अन्तर्गत सञ्चालित वार्षिक परीक्षा प्रणाली तर्फ डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका लागि हालसम्म प्रथम र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षको नियमित तर्फको नतिजामा कुनै एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूको लागि आवेदन फारम खुला गरिएको हो । 

परीक्षा सम्बन्धी विनियमावली, २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा २०८१ साल वैशाख महिनामा सञ्चालन हुने हुँदा सम्बन्धित परीक्षार्थीहरूले २०८१ साल चैत्र ०३ गते भित्र नियमित शुल्क र २०८१ साल चैत्र १० गते भित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरूमा परीक्षा आवेदन फाराम भरी बुझाउन आग्रह गरिएको छ । 

तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षालयका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराइने सूचनामा उल्लेख छ । 

mauka

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?