शिवम् सिमेन्ट ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित

काठमाडौँ । शिवम् सिमेन्ट उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रालिद्वारा कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमूलक वर्गीकरण कम्पनीहरू मध्येबाट उत्कृष्ट छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ अवार्डबाट सम्मानित गरिएको हो ।
यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरूमा निम्न अवार्डहरूबाट सम्मानित भइसकेको छ ।
- एनएस गुणस्तर पुरस्कार-२०१९
- ऊर्जा र वातावरण दक्षता पुरस्कार-२०१९
- उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व उपलब्धि पुरस्कार-२०२३,
- संयुक्त अरब इमिरेट्स (युएई), दुबई महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार-२०२३, भारत
- सङ्गठन बिक्री उत्कृष्टता पुरस्कार-२०२३
- वर्षको उत्कृष्ट व्यवस्थित कम्पनी-२०२२
५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसि सिमेन्ट बन्न सफल भएको हो ।
सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक
-
पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेलेपछि एसिया कप आयोजनाको अधिकार गुमायो भारतले
-
साताको सेयर बजार : पुनर्बीमाले थामेको बजारलाई मौद्रिक नीतिको साथ
-
पशुपतिनाथ मन्दिर परिसरबाट मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
-
मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ : प्रचण्ड
-
आठ अग्रज कविका कवितासँगै ‘काठमाडौँ उत्सव’ सुरु