महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन १६ गते, शुक्रबार । ईश्वी सन् २०२५ फेव्रुवरी २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–औशी, १ घडी १४ पला, बिहान ७ बजेर १ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–शतभिषा, २१ घडी ६ पला, दिउँसो २ बजेर ५८ मिनेट उप्रान्त पूर्वभाद्रपदा । योग–सिद्ध, ३८ घडी १४ पला, बेलुकी ९ बजेर ४९ मिनेट उप्रान्त साध्य । करण–नाग, बिहान ७ बजेर १ मिनेट उप्रान्त किंस्तुध्न , बेलुकी ६ बजेर ७ मिनेट उप्रान्त बव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान २८ घडी ४८ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ३२ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ३३ मिनेटदेखि बिहान ७ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ५९ मिनेटदेखि बिहान ९ बजेर २४ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २५ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म उद्धेग बेला ।
दिउँसो ४ बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३६ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ७ बजेर ३६ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ५० मिनेटदेखि दिउँसो १२ बजेर १७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५६ मिनेटदेखि बिहान ५ बजेर ४४ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) परिवार, आफन्त र इष्ट मित्रसँग आत्मियता तथा सदभाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवाको क्षेत्रमा तपाईंको नाम चर्चामा आउनेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईंले भनेजस्तै नतिजा आउनेछ । अध्ययन तथा कामबाट विश्राम लिई परिवारका साथ यात्रामा निस्कन सकिनेछ ।
बृष (इ,य,ए,ओ,वा,वि,वु,वे,वो) नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरु सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । माया प्रेममा नजिक भई मनका कुरा खोल्न सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि विफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईंको निम्न स्तरको सहभागिता रहनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार विग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जाने छैन । कार्यक्षेत्रमा काम बिग्रने तथा तपाइँको आलोचना गर्नेहरु बढ्नेछन् । पुराना समस्याहरु पुनः आइलाग्ने तथा सत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, दुःख हुने अधिक सम्भावना रहेकोछ । आकश्मिक धन तथा सम्पत्ति लाभ हुने भएपनि तपाईंकै कारणले टरेर जानेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। व्यापार व्यवसायबाट आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) तपाईं आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाइको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाव सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला । र, पनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीमाझ राम्रो काम गरेर प्रशिद्धि कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खुु,खे,खो,गा,गी) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रिय तथा दुःखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईं आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला, कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारीविनै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) नयाँ प्रविधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गका लागि मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि विछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आइ उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यापार फस्टाएर जानेछ भने स्वदेशी सामानको व्यापारमा मन्दि आउनेछ ।
तपाईको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डविरुद्ध शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्ने
-
त्रिविद्वारा स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी
-
न भयो वर्षा, न त खुल्यो आकाश (तस्बिरहरू)
-
अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न निषेध
-
चीनको सिचवान प्रान्तीय सरकारद्वारा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय
-
नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीयमा रुष्ट