शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा

शुक्रबार, १६ फागुन २०८१, ०४ : ३७
शुक्रबार, १६ फागुन २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै युक्रेन शान्ति सम्झौतासँगै अमेरिका-संयुक्त अधिकाराज्य (युके) अर्थात् बेलायतबीच व्यापार सम्झौता हुुने बताएका छन् ।  बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँगको भेटवार्तापछि ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले आफुलाई युक्रेन शान्ति सम्झौता र अमेरिका र युके व्यापार सम्झौता हुने विश्वास रहेको बताएका हुन् । टम्पले उक्त व्यापार सम्झौतामा आयात कर वा ट्यारिफ हुने छैन, भनेका छन् । 

युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया ट्रम्पले स्टार्मरसँगको भेटपछि दिएका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आफु सम्मान गर्ने र युकेनी सेनाको समेत प्रशंसा गरिनु पर्ने बताए । उनले भने, ‘उनीहरु निकै बहादुरीसाथ लडेका छन् । जुन उपकरणको जो कोहीले उपयोेग गर्नु पर्छ ।’

ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको धारणा समेत राखेका छन् । यसैबीच, उनले बेलायतको राजकीय भ्रमणका लागि किंग चाल्र्सको निमन्त्रणा स्वीकार गरेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?