अपडेट
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
शुक्रबार, १६ फागुन २०८१, ०३ : ४४

काठमाडौं । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले शक्तिशाली भूकम्प गएपनि अहिलेसम्म क्षतिको कुनै विवरण नभएको बताएका छन्। रातोपाटीसँग टेलिफोन कुराकानी गर्दै थापाले भूकम्पको ठूलो धक्का महसुस गरिएपनि अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भइनसकेको बताए । प्रमुख जिल्ला अधिकारी थापाले सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने समेत बताए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ । यद्यपि, अहिलेसम्म भौतिक र मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म