१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. केबलकार विवादः आन्दोलनका थप कार्यक्रम घोषणा
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने माग गर्दै आएका विभिन्न संघ–संगठनहरुले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेका छन् । ती संगठनले फागुन १५ गते आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेका हुन् ।
२. आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ का इशाल प्रसाद कुर्मीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
३. अध्यादेश पारित गराउने सरकारी तयारी
सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिने अडान लिएको छ । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१ बारे सत्तारुढ दलहरूभित्र देखिएको मतभिन्नता समाधान हुन नसके पनि सरकारले जसरी पनि यो अध्यादेश पारित गराउने तयारी गरेको छ ।
४.कम्युनिस्टको प्रतिस्पर्धा
संसद्मा प्रतिनिधित्व गर्ने तीन ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जनतासँग जोडिन र कार्यकर्ता जोगाइराख्न विभिन्न कार्यक्रम घोषणा गरेका छन् । गत निर्वाचनमा अपेक्षाअनुरूप नतिजा ल्याउन नसकेपछि जनसरोकारका मुद्दा उठाउँदै तीनवटै राजनीतिक पार्टी २०८४ मा हुने निर्वाचनलक्षित गतिविधिमा सक्रिय बन्न पुगेका हुन् ।
५ सहसचिवको सरुवा
सरकारले एकसाथ ७८ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा ससचिवहरुको सरुवा सूची निकालेको हो ।
६. केबलकार विवाद : गृहमन्त्रीले गरे छलफल
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् । बिहीबार गृहमन्त्रीले कोशी प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका हुन् ।
७. लाइसेन्समा नयाँ व्यवस्था
सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ ।
८. कुलमानको खरो जवाफ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ बुझाएका छन् । पाँच पेज लामो प्रष्टीकरणमा उनले मन्त्रालयले सोधेको प्रष्टीकरणको कानुनी आधारदेखि आफूलाई प्रश्न सोध्नुको कारणबारे उल्टै प्रतिप्रश्न गरेका छन् । कुलमानले बिहीबार बुझाएको जवाफमा आफू मन्त्रिपरिषद्को निर्णय बमोजिम नियुक्त भएकोले आफूलाई प्रष्टीकरण सोध्ने र हटाउने अधिकार समेत मन्त्रिपरिषद्कै भएको भन्दै आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको उल्लेख गरेका छन् ।
१०. कांग्रेस सदस्यता विवाद
नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित भएको छ । पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले कारबाही सिफारिस भएकाहरूबारे निर्णय नगर्दा नवीकरण प्रभावित भएको हो ।
११. सेना र ठेकेदारको विवाद
न्युरोडको महांकाल स्थित एसटीसी होलसेल मार्केटका व्यापारीले सेना र ठेकेदारको विवादका कारण आफूहरू मारमा परेको आरोप लगाएका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको सैनिक कल्याणकारी भवन सञ्चालनको जिम्मा जयन्ती निर्माण सेवाका सञ्चालक खगेन्द्र बुढामगरले लिएका थिए ।
१२. बजेट लेखन समिति
आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ