आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ

वीरगन्ज । आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ का इशाल प्रसाद कुर्मीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
बिहीबार एक पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरूमा वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ बस्ने मुकेश प्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारी रहेका छन् ।
गत ७ फागुनमा कुर्मीको हत्या भएको थियो । साथीलाई सापटी दिएको पैसा फिर्ता माग्दा कुर्मीको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पर्सा प्रहरी प्रमुख गौतम मिश्रले सापटी दिएको ३५ सय रुपैयाँ फिर्ता माग्दा आफ्नै साथीले कुर्मीको हत्या गरेको पाइएको बताए ।
उनका अनुसार ८ दिन अगाडि तास खेल्दा मृतक कुर्मीले सापटी दिएको ३५ सय रुपैयाँ साथी मुकेश प्रसाद यादवसँग मागेका थिए । तर उनले पैसा दिन आनाकानी गरेपछि विवादले उग्ररुप लिएको थियो । त्यसपछि कुर्मीको हत्या भएको पाइएको प्रमुख मिश्रले बताए ।
पक्राउ परेकाहरूले प्रहरीसँगको बयानमा भनेका छन्, ‘यो पैसा माग्दा मुकेस तासमा पनि हारि रहेका थिए, त्यसपछि दुवै जनामा विवाद हुन थाल्यो । अनि मुकेशले मृतक कुर्मीलाई नजिकै रहेको रुखमा बजार्न थाले । त्यसपछि उनी बेहोस भए । बेहोस भएपछि मुकेशले साथीहरूको सहयोगमा नजिकैको खोलामा लगेर फ्यालिदिए ।’
हत्याको पाँच दिन पछाडि प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर–२८ स्थित भेडैया खोलामा शव फेला पारेको थियो । छोरा सम्पर्कविहीन भएको भन्दै परिवारजनले खोजविनका लागि प्रहरीमा निवेदक दिएका थिए ।
त्यसपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा तीनै जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख मिश्रको भनाइ छ । पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा भूकम्पको धक्का मशसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ