१० बजे १० समाचार : कुलमानले विभागीय मन्त्रीलाई गनेनन्, ठुलो संख्यामा सहसचिवको सरुवा

आज मिति २०८१ साल फागुन १५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजेको १० समाचार लिएर हाजिर भएका छौँ–
१. अध्यादेश पारित गराउने सरकारी तयारी
सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिने अडान लिएको छ । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१ बारे सत्तारुढ दलहरूभित्र देखिएको मतभिन्नता समाधान हुन नसके पनि सरकारले जसरी पनि यो अध्यादेश पारित गराउने तयारी गरेको छ ।
२. कम्युनिस्टको प्रतिस्पर्धा
संसद्मा प्रतिनिधित्व गर्ने तीन ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जनतासँग जोडिन र कार्यकर्ता जोगाइराख्न विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।
गत निर्वाचनमा अपेक्षाअनुरूप नतिजा ल्याउन नसकेपछि जनसरोकारका मुद्दा उठाउँदै तीनवटै राजनीतिक पार्टी २०८४ मा हुने निर्वाचनलक्षित गतिविधिमा सक्रिय बन्न पुगेका हुन् ।
३. सहसचिवको सरुवा
सरकारले एकसाथ ७८ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा ससचिवहरुको सरुवा सूची निकालेको हो ।
४. केबलकार विवाद
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् । बिहीबार गृहमन्त्रीले कोशी प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका हुन् ।
५. लाइसेन्समा नयाँ व्यवस्था
सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ ।
६. कुलमानको खरो जवाफ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
पाँच पेज लामो प्रष्टीकरणमा उनले मन्त्रालयले सोधेको प्रष्टीकरणको कानुनी आधारदेखि आफूलाई प्रश्न सोध्नुको कारणबारे उल्टै प्रतिप्रश्न गरेका छन् ।
कुलमानले बिहीबार बुझाएको जवाफमा आफू मन्त्रिपरिषद्को निर्णय बमोजिम नियुक्त भएकोले आफूलाई प्रष्टीकरण सोध्ने र हटाउने अधिकार समेत मन्त्रिपरिषद्कै भएको भन्दै आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको उल्लेख गरेका छन् ।
७. राजेन्द्र लिङ्देन
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पीएसओलाई बिना कारण सरकारले फिर्ता बोलाएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?’ भन्दै मुकुमलुङ घटनाबारे छानबिन हुनुपर्ने समेत माग गरे ।
८. कांग्रेस सदस्यता विवाद
नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित भएको छ । पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले कारबाही सिफारिस भएकाहरूबारे निर्णय नगर्दा नवीकरण प्रभावित भएको हो ।
९. सेना र ठेकेदारको विवाद
न्युरोडको महांकाल स्थित एसटीसी होलसेल मार्केटका व्यापारीले सेना र ठेकेदारको विवादका कारण आफूहरू मारमा परेको आरोप लगाएका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको सैनिक कल्याणकारी भवन सञ्चालनको जिम्मा जयन्ती निर्माण सेवाका सञ्चालक खगेन्द्र बुढामगरले लिएका थिए ।
१०. बजेट लेखन समिति
आर्थिक वर्ष २०८२–०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ