जबरजस्ती करणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ
बिहीबार, १५ फागुन २०८१, २१ : ३७

भादगाउँ । जबरजस्ती करणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घर भई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षीय अच्युतमणि रिसाल रहेको प्रहरीको भनाइ छ ।
रिसाललाई प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हसिंहबाट पक्राउ गरेको हो । रिसाललाई भक्तपुर जिल्ला अदालतले गत कात्तिक २१ गते जबरजस्ती करणी मुद्दामा सात वर्ष कैद र रु तीन लाख दण्ड जरिवाना हुने फैसला गरेको थियो ।
रिसाल अदालतको फैसलापछि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । रिसाललाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ