सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् । बिहीबार गृहमन्त्रीले कोशी प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका हुन् ।
फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए । त्यसपछि पनि लगातार झडप भइरहेको छ ।
गृहमन्त्री लेखकले पाथीभरा क्षेत्रको विवादलाई उग्र बनाउनु नहुने बताएका छन् । बिहीबारको छलफलमा सांसदहरूसँग उनले भने, ‘यसलाई उग्र बनाउनु हुँदैन शान्तिपूर्ण हिसाबले अगाडि बढाऔँ ।’
सांसदहरूलाई उनले स्थानीय स्तरमा गम्भीर रूपमा सहजीकरण गरिदिन आग्रह गरेका छन् । छलफलमा कोशीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १९ जना सांसदहरु सहभागी थिए ।
फागुन १२ मा भएको झडपपछि सरकारी वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले पुनः वार्तामा आउन आन्दोलनरत पक्षलाई आह्वान गरेका थिए । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् ।
छलफलमा सहभागी सांसदहरूले केबलकारको विषय २०७५ देखि नै उठेको तर, अहिले नियन्त्रण बाहिर जान लागेको बताएका छन् । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना अधिकृतका अनुसार सांसदहरूले पाथीभरा क्षेत्रको विवादलाई बढाउन राजनीतिक स्वार्थ पुरा गर्ने तत्त्वहरू लागेका बताएका छन् । पहिले सबैलाई केबुलकार चाहिएको भएपनि अहिले राजनीतिक स्वार्थपुरा गर्ने तत्त्वहरू लागेको उनीहरूको भनाइ छ ।
छलफलपछि गृहमन्त्री लेखकले सामाजिक सञ्जालमा लेखेको छन्, ‘कोशी प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय ज्यूहरूबाट सुझाव प्राप्त भयो । सबै मिलेर शान्तिपूर्ण समाधान निकाल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन