शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा थालियो सफाइ, साधुसन्तको बिदाइ भोलि

बिहीबार, १५ फागुन २०८१, २१ : १५
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु गरिएको छ । महाशिवरात्रिका अवसरमा जम्मा भएका भक्तजनका कारण थुप्रिएको फोहर पशुपति क्षेत्र विकास कोषले आजदेखि उठाउन थालेको हो ।

केही दिनमा सफाइ गरिसकिने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । महाशिवरात्रि सम्पन्न भए पनि आजसमेत पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको थियो । महाशिवरात्रिमा मन्दिरभित्र दर्शन गर्न नपाएका भक्तजन आज पशुपतिनाथ पुगेका थिए । पशुपतिनाथमा आजसम्म साधुसन्तको चहलपहल छ । आज बेलुकीसम्म पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानलगायत सङ्घ संस्थाले साधुसन्तका लागि खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेका छन् । 

शुक्रबार बिहान ११ बजेदेखि साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए । साधुसन्तलाई गच्छेअनुसार दक्षिणा दिइने उनले बताए । कोष र संस्थानले पनि साधुसन्तलाई अलग अलग दक्षिणाको व्यवस्था गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप