शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

जङ्गली हात्तीले लियो बृद्धको ज्यान

बिहीबार, १५ फागुन २०८१, २१ : १३
बिहीबार, १५ फागुन २०८१

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । 

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप