काठमाडौँ । लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘धेरै नरिसाउँ’ बोलको गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा रमेश परियारको शब्द र संगीत छ । गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका सनिशा भट्टराईले नृत्य गरेका छन् । नवराज उप्रेतीको टिमले खिचेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीत हिट हुन्छ भन्ने ठुलो अपेक्षा लिएको गायिका संगीताले बताएकी छिन् ।
प्रतिक्रिया