बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

महेन्द्र मोरङ क्याम्पसमा भएको कुटपिट घटनामा नेविसंघले छानबिन गर्ने

बिहीबार, १५ फागुन २०८१, १९ : ५२
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज भएको कुटपिटको घटनाबारे नेविसंघले छानबिन गर्ने भएको छ । 

क्याम्पस हाताभित्र नेविसंघ जिल्ला कार्यसमिति मोरङका अध्यक्ष, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष लगायत स्ववियुका प्रतिनिधिबिच झडप भएको थियो । झडपपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । 

नेविसंघको आचारसंहिताले संघको कुनै पनि सदस्यलाई बाहुबलको प्रयोग गर्ने र विद्यार्थी एकताको मर्म विपरीत गतिविधि गर्ने गराउने छुट नदिएको बताए । 

यस प्रकृतिका घटनाले संघको छविमाथि प्रतिकूल असर पार्ने र विद्यार्थी आन्दोलन विरोधी गतिविधिलाई मलजल पुग्ने अध्यक्ष शेर्पाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । 

विद्यार्थी आन्दोलनलाई पुनर्जागृत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभिभारा बोकेको नेविसंघलाई अनुशासन हीनता स्वीकार्य हुन नसक्ने जनाए । उक्त घटनाको सत्य तथ्य छानबिन गर्न निष्पक्ष छानबिन समिति गठन गरी घटनामा संलग्न जोसुकैलाई अनुशासनको दायरामा ल्याइने बताए ।

IMG-20250227-WA0151

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप