बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

यस्तो छ आगामी साता सार्वजनिक हुने एमजी एस फाइभ ईभी गाडीको टेस्ट ड्राइभ

बिहीबार, १५ फागुन २०८१, १९ : २८
बिहीबार, १५ फागुन २०८१

एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक गाडी एमजी एस फाइभ ईभी गाडीको टेस्ट ड्राइभ गराएको छ । आगामी साता पारामाउन्ट मोटर्सले एमजी एस फाइभ ईभी गाडीको सार्वजनिक गर्ने तयारीमा छ ।

s5ev

पियोर इभी प्लेटफर्ममा बनाइएको यो गाडी रियर ब्हिल ड्राइभ भएको कम्पनीका महाप्रबन्धक सुनिल क्षेत्रीले बताए। उनका अनुसार एमजीले यसअघि बिक्री गर्दै आएको जेडएस इभीको यो अपग्रेटेड भर्सनको गाडी हो। गाडी सिटिएल ब्याट्रीबाट बनाएको कम्पनीको दाबी छ। ज्यादै पातलो र अहिलेको परिप्रेक्ष्यमा यो ब्याट्री निकै विश्वसनियता देखिएको छ।

s5ev1

एमजी एस फाइभ ईभी गाडीको परफेक्ट लुक्स, इन्टेलिजेन्स, भर्टीकल नभइकन होराइजेन्टल ब्याट्री फिट भएको छ । एमजी एस फाइभ ईभी गाडी निकै सुरक्षित पनि छ। ९९ किलोवाटको यो गाडीमा दुई वटा ब्याट्री अप्सन ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ। 

s5ev2

एमजी एस फाइभ विद्युतीय एसयूभी सेगमेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोडलको गाडी हाे। फाइभ लिङ इन्डिपेन्डेन्ट सस्पेन्स सिस्टम रहेको विद्युतीय एसयूभी रेयर ह्वील ड्राइभमा भएकाले यो प्रतिस्पर्धीको तुलनामा थप अब्बल देखिएको छ। एड्भान्स ड्राइभर असिस्ट सिस्टम छ। 

s5ev4

एसफाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ एमएम र उचाई १६ सय २१ एमएम रहेको छ। यो विद्युतीय एसयूभीमा २७ सय ३० एमएम लामो ह्वीलवेस छ। यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो १ सय १० एमएम उचाइ भएको ब्याट्री प्रयोग गरिएको छ। एमजीको जेडएस ईभी, एमजी फोर र कोमेट नेपाली बजारमा बिक्री हुँदै आएको छ। पारामाउन्ट मोटर्सले चार्जिङ नेटकर्व र सर्भिसमा आक्रामक विस्तारमा गरिरहेको छ।

s5ev17s5ev18s5ev5s5ev6s5ev7s5ev8s5ev9s5ev10s5ev11s5ev13s5ev14s5ev15s5ev16

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप