बैंकर्स संघको आश्वासन, ‘बैंकका कर्मचारीको ट्रेड युनियन अधिकार गुम्दैन’

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा श्रम ऐन बमोजिम ट्रेड युनियन अधिकार लागु नहुने सर्वोच्च अदालतको फैसलापछि सिर्जित अन्यौलताबिच बैंकका कर्मचारी नेताहरुले नेपाल बैंकर्ससँग छलफल गरेका छन् । बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)का पदाधिकारीहरुले बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालासँग भेट गर्दै यसबारे छलफल गरेका हुन् ।
फागुन २ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले स्वावलम्बन लघुवित्तको मुद्दामा फैसला गर्दै वित्तीय क्षेत्रमा श्रम ऐन नलाग्ने फैसला गरेको थियो । योसँगै ट्रेड युनियन संगठनको अस्थित्वमाथि प्रश्न उठेको थियो ।
बिहीबार फियनका पदाधिकारीहरूले अध्यक्ष कोइरालालाई भेट गर्दै विकसित घटनाक्रमपछि बैंकिङ क्षेत्रको ट्रेड युनियन अधिकार के हुने भन्नेबारे छलफल गरेका थिए । उक्त क्रममा अध्यक्ष कोइरालाले बैंकका ट्रेड युनियनले कलेक्टिभ बार्गेनिङको अधिकार निरन्तर पाउने उल्लेख गरेको फियन राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए ।
यसअघि मंगलबार नै फियनले विज्ञप्ति जारी गर्दै अदालतको फैसलापछि बैंक तथा वित्तीय संस्थाको ट्रेड युनियन अधिकारबारे शून्यता कायम भएको भन्दै यो अन्यौलतालाई सम्बोधन गर्न सरकारसँग माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ
-
सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह
-
'गगन थापाको माफी बनावटी हो, इमानदार कांग्रेसले जनमोर्चालाई नै भोट हालेका थिए'
-
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा थालियो सफाइ, साधुसन्तको बिदाइ भोलि
-
जङ्गली हात्तीले लियो बृद्धको ज्यान
-
‘सुदूरपश्चिम माओवादीको विवाद नारायणकाजीले गिजोले’