नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?

काठमाडौँ । नेपाल वायुसेवा निगमले ग्राउन्डेड विमान उडान सुरु हुनेबारे जानकारी गराएको छ । निगमका वाइडबडी तथा न्यारोबडी विमानको मर्मत सम्पन्न गरी नियमित उडानबारे जानकारी गराएको हो ।
सबै जहाज ग्राउन्डेड अवस्थामा रहेको निगमले विमानको मर्मत र सञ्चालनबारे जानकारी गराएको हो । यसअन्तर्गत दुईवटा वाइडबडी विमानहरूमध्ये एउटा विमान ९एन–एएलडेजले अहिले पनि नियमित उडान गरिरहेको छ । अर्को विमान ९एन–एएलवाईको पार्टपुर्जा बिहीबार बेलायतबाट आएकाले मर्मतपश्चात बिहीबार नै काठमाडौँ–दिल्लीको उडान गर्ने जनाइएको छ ।
न्यारोबडी विमानहरूमध्ये एउटा ९एन–एकेडब्ल्यु चीनको सेन्याङबाट १ मार्च २०२५ का दिन काठमाडौँ आइपुग्ने र नियमित उडान हुने जनाइएको छ । कस्टम क्लियरेन्सको प्रक्रियामा समस्या आएको र उडान अनुमति पुनः लिनु परेकोले सो विमान आउन ढिला भएको भन्दै यसको कारण अध्ययन गरी यथार्थ विवरण दिन तथा कहीँ कसैको कमजोरी पाइएमा कर्मचारी, मेन्टिनेन्स एण्ड रिपेयर अर्गनाइजेसन र एजेन्ट समेतलाई कानुनी प्रक्रिया अनुसार कारबाहीको सिफारिस गर्न फागुन ११ गते नै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन सदस्यीय छानबिन समिति गठन गरेको निगमले जनाएको छ।
अर्को न्यारो बडी विमान ९एन–एकेएक्सको नोज ल्यान्डिङ गियर मर्मतको लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी दिल्लीस्थित एयर इन्डिया इञ्जिनियरिङ सर्भिसेस लिमिटेडमा मर्मत गराउने योजना अनुरुप नेपाल नागरिक उडड्यन प्राधिकरणबाट काठमाडौँ–दिल्ली फेयरी फ्लाइटको अनुमति मागिएको र उक्त अनुमति हुनासाथ दिल्लीतर्फ जाने र आवश्यक मर्मतपश्चात् आगामी १ मार्चदेखि नियमित उडानमा निगमले जनाएको छ ।
त्यसैगरी निगमको आन्तरिक उडानमा प्रयोग हुने एउटा ट्वीनटर विमान ९–एबीयूमा आवश्यक इञ्जिन इन्टलेसनपछि ४ मार्चबाट उक्त विमान नियमित उडानमा जानेछ निगमले जनाएको छ । दोस्रो ट्वीनटर विमान एन–एबीटीको पनि इञ्जिन इन्टलेसन मार्च ११ देखि उडान नियमित गर्ने निगमले जनाएको छ ।
निगमले टिकट काटेर उडान नभएका यात्रुका लागि उचित होटेलबासको व्यवस्था गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि
-
जबरजस्ती करणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ
-
युक्रेनको दुर्लभ खनिजमा फ्रान्सको पनि 'गिद्देदृष्टि'
-
सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह
-
'गगन थापाको माफी बनावटी हो, इमानदार कांग्रेसले जनमोर्चालाई नै भोट हालेका थिए'
-
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा थालियो सफाइ, साधुसन्तको बिदाइ भोलि