शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक

बिहीबार, १५ फागुन २०८१

बुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले फिल्मको सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो ।

एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा फिल्म हेरेका दर्शकले पनि निकै रुचाएका छन् ।

गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकारहरू पल शाह, दीपिका प्रसाँई र नव–नायक समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको बुझ्न सकिन्छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरूको अभिनय छ ।

ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि फिल्ममा नेम महर्जनको पनि लगानी छ ।

राजु विक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रवीण खतिवडाको कोरियोग्राफी छ ।

फिल्मले बुधबार सुखद ओपनिङ गरेको थियो । भोलि र पर्सीको बिदामा पनि फिल्मले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया