बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने

बिहीबार, १५ फागुन २०८१, १७ : ४७
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ । नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन् । यसअघि यो सीमा १० रुपैयाँ थियो । 

मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन भने आज (फागुन १५ गते) देखि लागू भएको उनको भनाइ छ । 

उनका अनुसार सानो सानो रिचार्जले टपअपको सङ्ख्या पनि धेरै हुने गरेको र भ्यालिडिटीको समेत समस्या भएकोले यो व्यवस्था गरिएको उनको भनाइ छ । यसमा अन्य कुनै आर्थिक कारण नभएको उनको भनाइ छ । 

आजैदेखि एनसेलले पनि सोभन्दा कम सीमामा रिचार्ज गर्न नमिल्ने बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप