बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालको ‘छोरो गयो परदेश..’ बोलको गीत सार्वजनिक

बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । गीतकार टिकाराम ढकालको गीत ‘छोरो गयो परदेश..’  को  म्युजिक भिडियो सार्वजनिक भएको छ । डिजराज पौडेलको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौँमा आज एक कार्यक्रमका बिच हास्य कलाकार एवं उक्त गीतमा प्रमुख भूमिकामा अभिनय गरेका नारद खतिवडाले सार्वजनिक गरेका हुन्। 

आर्या ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडियो निर्देशक कपिल कार्कीले निर्माण गरेका हुन् भने भिडियोमा कलाकार नारद खतिवडा, दीपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टिकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतको अभिनय देख्न सकिन्छ ।

वैदेशिक रोजगार बोर्डका निर्देशक समेत रहेका ढकालले आफ्नै युट्युव च्यानल @DhakalTR मार्फत गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा नेपालको वैदेशिक रोजगारीको वर्तमान अवस्था, सो सम्बन्धमा आम मानिसमा सिर्जना भएको धारणा र भाष्य लगायतको यथार्थता देखाउन खोजिएको छ । गीतको अन्त्यमा वैदेशिक रोजगारप्रति निराशमात्र हुनुनपर्ने र सोबाट नेपालले गर्न सक्ने विकास एवं समृद्धि सम्बन्धी सकारात्मक सन्देश दिन खोजेको ढकालको भनाइ छ । 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार ढकालले आफै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको कल्याणकारी कार्य गर्ने निकायमा कार्यरत रहेकोले वैदेशिक रोजगारीका समस्या, पीडा, वर्तमान अवस्था प्रत्यक्ष रूपमा नजिकबाट अनुभूति गरेको बताए । भावी दिनमा यसको सकारात्मक असर देखिने अनुभूत गरी सो विषयलाई सन्देशमूलक गीतबाट आम श्रोता तथा दर्शकमाझ पस्किने जमर्को गरेको उनको भनाइ छ । 

यसअघि उनले निर्माण गरेको ख्यालै ख्यालैमा भैयो बन्धकी बोलको गीत गत दसैँमा सार्वजनिक भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया