त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा
बिहीबार, १५ फागुन २०८१, १७ : ३८
_oj9p5vUv06.jpg)
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालसहितका नेताहरूको उपस्थितिमा भट्टले उम्मेदवारी घोषणा गरेका हुन् ।
हालका स्वविुय सचिव समेत रहेका भट्ट अनेरास्ववियु त्रिवि अध्यक्ष समेत हुन् । त्रिवि जिल्ला कमिटीको आज बसेको बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केशरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेका थिए । विश्वविद्यालय सुधारको माग अघि सारेर धर्नामा बसेका भट्टसँग त्रिविले सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत
-
स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?