आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिन काठमाडौँ विश्वविद्यालयको निर्देशन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले आवासीय चिकित्सक (पीजी) लाई सरकारी चिकित्सक सरह सेवा सुविधा दिन निर्देशन दिएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजहरूमा अध्ययनरत पीजी डाक्टरहरूलाई सरकारी मेडिकल अधिकृतसरह सेवा सुविधा दिन निर्देशन दिएको हो ।
केयूबाट सम्बन्धन लिएका १० वटा निजी मेडिकल कलेजलाई परिपत्र गर्दै काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले स्वास्थ्य सेवाको आठौँ तह सरह निर्वाह भत्ता उपलब्ध गराउन भनेको हो ।
२०८१ माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत चिकित्सकहरूलाई सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही आधारमा आयोगले फागुन १३ गते काठमाडौँ विश्वविद्यालयलाई पत्राचार गरेर उक्त निर्णय कार्यान्वयन गराउन भनेको थियो । विश्वविद्यालयले सोही अनुसार निर्वाह भत्ता दिन निर्देशन दिएको हो ।
यसअघि शिक्षा र स्वास्थ्य मन्त्री निर्वाह भत्ता २० देखि ३५ हजार दिनुपर्ने भन्दै निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । त्यसपछि आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको माग बमोजिम निर्वाह भत्ता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।
आयोगको बैठक बसेर सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन