शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
राष्ट्रिय मगर एकता दिवस मनाइयो, तस्बिरहरू
फोटोफिचर

राष्ट्रिय मगर एकता दिवस मनाइयो, तस्बिरहरू

बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । देशभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् । विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रमको आयोजना गरी दिवस धूमधामका साथ मनाइएको हो । 

magar ekata diwas (1)

विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा मगर जातिको प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । 

magar ekata diwas (2)

पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बिच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।

magar ekata diwas (3)

सोही अवसरमा काठमाडौँको टुँडिखेलमा परम्परागत पहिरनमा मगर समुदायका मानिसहरू भेला भई एक अर्कामा शुभकामना र रमाइलो गरि मगर दिवस मनाइएको छ ।

magar ekata diwas (4)magar ekata diwas (5)magar ekata diwas (6)magar ekata diwas (7)magar ekata diwas (8)magar ekata diwas (9)magar ekata diwas (10)magar ekata diwas (11)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया