धनुषामा प्रेम सम्बन्धकै कारण युवकको हत्या भएको खुलासा

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको खुलासा भएको छ ।
अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।
अन्सारी नेपाल आएसँगै मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए। हत्या पछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो ।
अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्या पछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए। उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्छ : गृहमन्त्री
-
आठ महिनामा वैदेशिक व्यापार स्थिती : ५७.२ प्रतिशतले निर्यातमा वृद्धि हुँदा पनि देशको व्यापार घाटा करिब १० खर्ब
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि