बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार

बिहीबार, १५ फागुन २०८१, १६ : १०
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।  प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सत्तारुढ कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय संयन्त्र गठन गरेका थिए । जसमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।

त्यस्तै कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उच्चस्तरीय संयन्त्रमा छन् । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गर्न बहुमत नभएपछि सत्तापक्ष अहिले सङ्कटमा छ । सोही विषयमा छलफल गर्न शुक्रवार संयन्त्रको बैठक बस्न लागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप