बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत

काठमाडौँ । चिनियाँ राजदूत चेन सङले बीवाईडी हाई–टेक विक २०२५ को अवलोकन गरेका छन् । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले बिहीबारदेखि बीवाईडी हाई–टेक विक २०२५ को सुरु गरेको हो ।
राजदूत सङ प्रदर्शनीस्थलमा पुगेर हाई–टेक विकबारे जानकारी लिनुका साथै प्रदर्शनीमा राखेका गाडीको टेस्ट ड्राइभ पनि गरेका थिए । इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९, र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ ।
यसअघि, नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म
-
प्रहरीको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ