शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर

बिहीबार, १५ फागुन २०८१, १५ : ५८
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि दिल्ली क्यापिटल्सले इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सनलाई आफ्नो मेन्टरका रुपमा नियुक्त गरेको छ । 

४४ वर्षीय पिटर्सनले अब दिल्ली क्यापिटल्सका प्रमुख प्रशिक्षक हेमांग बदानी, सहायक प्रशिक्षक म्याथ्यू मट, बलिङ प्रशिक्षक मुनाफ पटेल र क्रिकेट निर्देशक भेनुगोपाल रावसँग मिलेर काम गर्नेछन् । 

दिल्ली क्यापिटल्सले आगामी सिजनको आईपीएलका लागि पिटर्सनलाई मेन्टरका रुपमा नियुक्त गरेको जानकारी सामाजिक सञ्जालमार्फत बिहीबार सार्वजनिक गरेको हो । पिटर्सनले आईपीएलको प्रशिक्षण टोलीमा रहेर काम गर्ने अवसर पाएको यो पहिलो पटक हो ।

यसअघि, उनी खेलाडीको भूमिकामा आईपीएलमा सहभागी भइसकेका छन् । उनले सन् २००९ देखि तीनवटा क्लबबाट पाँच सिजन आईपीएल खेलेका छन् । उनले दिल्ली डेयरडेभिल्सबाट पनि आईपीएल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप